प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०७९
१५ ग्राम ९ मिलि ग्राम ब्राउनसुगर सहित ४ जना पक्राउ ।
२०७९-१०-२४

कर्णाली प्रदेश प्रहरी व्युरो, लागूऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सयुक्त प्रहरी टोलीले १५ ग्राम ९ मिलि ग्राम ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ ।मिति २०७९।१०।२४ गते जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ पाथिभरा मन्दिर नजिकबाट उक्त प्रहरी टोलीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका वडा नं. ०३ बस्ने वर्ष २४ को प्रितम शाही ऐ. वडा नं. ४ बस्ने वर्ष १९ अविषेक बस्नेत, वर्ष २० को रोहन धौलाकोटी र वर्ष २६ को दिपेश थापा मगरहरुको साथबाट र प्रितम शाहीको कोठा र कोठा नजिकै जमिनमुनिबाट १५ ग्राम ९ मिलि ग्राम लागुऔषध ब्राउनसुगर नगद रु. २१९४०।– (एक्काईस हजार नौ सय चालिस) फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको ।

अवैध रुपमा ल्याएको सामान बरामद।
२०७९-१०-२२

सुर्खेत, माघ २१ गते । जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका -१० टोलीखोला स्थित रत्न राजमार्गमा हाईवे चेकिङमा खटिएका १३ जना प्रहरीको डग टोली समेतले नेपालगन्ज देखि सुर्खेत तर्फ आउँदै गरेको बा.३ख४०९८ नं. को फोर्स गाडीलाई चेक जाच गर्दा कुनैपनी बिल नभएको कुर्ता सुरुवाल ठुलो पिस ५९ अङ्किल मुल्य (८८,५००/-), कुर्ता सुरुवाल सानो पिस अङ्कित मुल्य (७,०००/-), र अन्य  विभिन्न कस्मेटिक सामानहरू अङ्कित मुल्य (५०,०००/-) (जम्मा :- १,४५,५००/-) बराबरको अबैध रुपमा ल्याएको सामान बरामद गरी सामान ईलाका प्रहरी कार्यालय को नियन्त्रणमा राखी गाडी गन्तव्य तर्फ छाडिएको छ । 

सडकको अवस्था बारे जानकारी प्रदान गर्न टोल फ्री नम्बर १०३ संचालनमा ल्याईएको ।
२०७९-१०-२१

नेपाल  प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशको सडकको अवस्था बारे जानकारी दिने  टोल फ्री नं. १०३ संचालनमा ल्याईएको छ  ।मिति २०७९।१०।२० गतेबाट कर्णाली प्रदेश १० (दश) जिल्लाहरुमा सडक अवरोध, चक्काजाम, बैकल्पिक रुटको प्रयोग लगायत ट्राफिक गतिविधि सम्बन्धि अन्य सूचना आदान प्रदानको लागि टोल फ्रि नम्बर १०३ संचालनमा ल्याईएको छ । सडक सुरक्षा थप प्रभावकारी बनाउन उक्त टोल फ्री १०३ नम्बर २४ (चौविसै) घण्टा उपलव्ध हुनका साथै पुर्णरुपमा नि:शुल्क रहेको छ ।

लागुऔषध सहित मानिस पक्राउ ।
२०७९-१०-२१

मिति २०७९।१०।२० गते अं. १९:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ फुलबारी टोल स्थित तालुक कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरो र लागूऔषध सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा ऐ. ७ बस्ने बर्ष २९ को प्रेम दमाई र ऐ.ऐ. बस्ने बर्ष २७ को सुनिल थापा लाई २२० मिलिग्राम झिलझिले कागज सहित ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र नगद रु. ८९,०००/- (अक्षरुपी उनानब्बे हजार मात्र) प्रेम दमाईको घरको दराजबाट र निजको साथबाट रु. १२,०००/- (अक्षरुपी बाह्र हजार मात्र) गरी जम्मा रु. १,०१,०००/- (अक्षेरुपी एक लाख एक हजार मात्र) नियन्त्रणमा लिई  नापतौल गर्दा ११० मिलिग्राम रहेको । 

पानीमा डुबेर मृत्यु ।
२०७९-१०-१९

सुर्खेत, सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं ६ स्थित खोलाको बिचभागमा पानीमा डुबेर सोही ठाउ बस्ने  पहलमान सुनारको अन्दाजी २२ वर्षको छोरा  दिपक सुनार मृत अवस्थामा भेटिनुभएको छ ,मृतकको लास १३:१५ बजेको समयमा घटनास्थल प्रारम्भिक कार्य पुरा गरी लाश मेहलकुना अस्पताल मेहलकुना सुर्खेतको शब गृहमा राखिएको छ ,  मृतक दिपक   सुनार    खुट्टा अपाङ्ग, मृगीरोग भएको भन्ने बुझिएको  छ ।                                                                                                                                                                                                                                                                                                                                                                        

ट्याकटर दुर्घटना हुदा तिन जना घाईते ।
२०७९-१०-१८

जाजरकोट भेरी नगरपालिका-४ सान्तिचौथाराबाट ऐ.४ स्थित बोहोरा तर्फ जाँदै गरेको चालक ऐ. कुशे गाउपालिका-७ शमैला बस्ने अं.वर्ष २६ को नबराज जैशीले चलाएको भे.२.त.३८८ खाली ट्रयाक्टर ऐ.स्थित बोहोरा मोड नजिकै अनियन्त्रित भई सडकबाट अं.२०० मिटर तल खस्न गई दुर्घटना हुँदा ट्रयाक्टमा सवार जिल्लला जाजरकोत कुशे गाउपालिका-७ शमैला बस्ने बर्ष २६ को चालक नबराज जैशी,सहचालक  ऐ.ऐ.बस्ने चालकको बर्ष १७ को लोकेश जैशी र ऐ. ५.बस्ने बर्ष २० को हरी चन्द्र सिंह गम्भिर घाईते भई उक्त घाईतेहरुलाई प्रहरी टोलिले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल जाजरकोटमा पठाई उपचार भईरहेको ।

प्रहरीको सक्रियता व्यापक फरार अभियुक्तहरु पक्राउ ।
२०७९-१०-१८

कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल  फरार अपराधीलाई पक्राउमा बिशेष सक्रियता बढाई उल्लेखनियरुपमा फरार अभियुक्तहरु पक्राउ गर्ने बताउनु भएको ।फरार अपराधी पक्राउको क्रममा बिगत ५ दिनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुबिबाह मुद्धाका  ४ चेक अनाधर मुद्धाको १ जना  र पुरानो पेण्डिङ कर्तव्य ज्यान मुद्धाका ४ जना  गरी जम्मा ९ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी ६ बर्ष १ महिना २९ दिन कैद  रु ५४०००।– जरीवाना ३०००००।– बिगो असुल भएको ।जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सम्बन्ध बिक्षेद,लागु औषध, के.सा.अ., गाली बेईज्यती, जालसाछी  र कुटपिट मुद्धाका ७  जना फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष ७ महिना १४ दिन कैद रु१८१६०।– जरीवाना असुल भएको ।जिल्ला प्रहरी कार्यालय जुम्लाले गर्भपतन र बहुबिबाह मुद्दाका २ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष १० महिना २९ दिन कैद रु १०२५०।– जरीवाना असुल भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले १ जना सार्वजनिक अपराध र १ बैकिङ कसुर  गरी २ जना  फरार अभियुक्तहरुलाई पक्राउ गरी १ बर्ष ६ महिना कैद रु ५६३२००।– जरीवाना र ५५६२०० बिगो असुल भएको  जिल्ला प्रहर कार्यालय डोल्पाले पुरातात्विक मुर्ती चोरी मुद्धाको १ जना फरार अभियुक्तलाई पक्राउ गरी ३ बर्ष कैद रु १०००००।– जरीवाना असुल भएको । जिल्ला प्रहरी कार्यालय जाजरकोटले जवरजस्ती करणी मुद्दाको १ जना फरार अभियुक्तलाई पक्राउ गरी ९ बर्ष ३ महिना १६ दिन कैद रु ५००००।– जरीवाना असुल भएको ।५ दिनको अबधीमा २२ जना फरार अभियुक्त पक्राउ  र २१ बर्ष ६ महिना २३ दिन कैद रु १३४८७७५।- जरीवाना र ८५६२०० बिगो असुल असुल भएको  फरार अभियुक्तहरुलाई पक्राउ गर्नकोलागी बिशेष अभियानलाई मातहत जिल्लाहरुमा कडाईका साथ लागु गरी उल्लेखनियरुपमा फरार अभियुक्तहरु पक्राउ गर्ने प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले बताउनु भयो ।

५ बर्ष सम्म श्रीमानको सव शौचालयको खाडलमा पुरी राखेको अवस्थामा फेला ।
२०७९-१०-१८

जिल्ला जाजरकोट भेरी नगरपालिकावडा नं ६ सिस्ने बस्ने बर्ष ४७ काले कामीलाई २०७४।९।३० गते राती आफ्नै श्रीमती भद्ररकला कामीले लाठ्ठीले निधारमा हानी कर्तव्य गरी मारी निज भद्रकला कामी र निजका छोराहरु गोबिन्द बि.क. तुल्सीराम बि.क.ले  शब घर नजिकै रहेको शैचालयको खाडलमा पुरेको गोप्य सुचना मिति २०७९।१०।१७ गते  जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्राप्त भएको ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली घटना स्थलमा पुगी शौचालयको खाडल खनी उत्खनन् गर्दा पुरै दात सहितको खप्पर (टाउको),प्लाष्टीकको डोरीले बाँधीएको ज्याकेट,पाईन्ट  सोही ज्याकेट पाईन्ट भित्र मानव कंगाल हड्डिहरु फेला परेको । आवश्यक अनुसन्धानका लागी भद्रकला कामी र तुल्सीराम बि.क.लाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई थप अनुसन्धान भईरहेको ।  

दैलेख पाल्तडामा हाईस दुर्घटना हुदा १४ जना घाईते ।
२०७९-१०-१८

मिति २०७९।१०।१७ गते अ.१७:०० बजेको समयमा जिल्ला दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ रामाघाट स्थित कार्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जादै गरेको क.प्र.०२००१ ख ०१६६ नम्बरको फोर्स गाडी सडक बाट अ.८० मिटर तल कर्णाली नदीको किनारमा खस्न गई घाईते भई  उपचारको लागि स्थानिय मेडिलकमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको । उक्त घटनास्थलमा प्रहरी टोलि खटिगएको चालक प्रहरीको नियन्त्रणमा ।   निम्न:-घाईतेहरुको विवरण 1=  जिल्ला अछाम तुर्माखाँद गा.पा.७ बस्ने बर्ष २३ को एकेन्द्र देवकोटा टाउको ढाड र खुट्टामा चोट । 2=  जिल्ला ईलाम मासेबुङ गा.पा.२ बस्ने बर्ष ३३ को समिर मुखीया ढाड छातिमा चोट । 3=  जिल्ला खोटाङ हलेसि तुम्बाङचुङ न.पा.७ बस्ने बर्ष ३० को देवान राई ढाड टाउको मा चोट, अवस्था सिरियस । 4=  जिल्ला दैलख भगवतींमाई गा.पा.२ बस्ने बर्ष २३ को जिबन बोहोराको टाउको खुट्टामा चोट ( सहचालक ) 5=  जिल्ला अछाम पंचदेवल बिनायक न.पा.९ बस्ने बर्ष ४३ को राम प्रशाद जैशि टाउको ढाड खुट्टामा चोट, अवस्था सिरियस । 6=  जिल्ला अछाम तुर्माखाद ७ बस्ने बर्ष ६५ को बद्री जैशी टाउको खुट्टामा चोट, अवस्था सिरियस। 7=  जिल्ला अछाम पंचदेवल बिनायक न.पा.५ बस्ने बर्ष २६ को हरि बि.क. टाउको खुट्टामा चोट, अवस्था सिरियस । 8=  जिल्ला दैलेख आठबिस न.पा. ५ बस्ने बर्ष ७० को कलम बि.क. टाउको ढाडमा चोट, अवस्था सिरियस। 9=  ऐ.६ बस्ने बर्ष २५ को जगत प्र.आचार्य टाउको खुट्टामा चोट, 10= ऐ.ऐ.४ बस्ने बर्ष २५ को गोरख ब. माझि टाउको खुट्टामा चोट, 11= पुर्ण ब. लामिछाने मगर ( चालक प्रहरी चौकि पाल्तडाको नियन्त्रणमा ) 12= जि.दैलेख आठबिस न.पा-७ बस्ने बर्ष १४ को प्रकाश बि.क, ढाडमा चोट, 13= जिल्ला धादिङ धुनेबेसि न.पा. १ बस्ने बर्ष ३८ को झिल्के तामाङ छाति खुट्टमा चोट । ( डिस्चार्ज भएको) 14=जिल्ला कालिकोट पन्चला झरना ४ बस्न बर्ष ३६ को अग्रलाल सिजुवाल टाउको खुट्टमा चोट । ( डिस्चार्ज भएको) 

खजुरामा एक हेयर कटिङ सेन्टरमा आगलागि हुदा दश लाख बराबरको क्षती ।
२०७९-१०-१७

मिति २०७९।१०।१७ गते अन्दाजी २२:४५ बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका ८ खजुरा स्थित जिल्ला जाजरकोट जुनिचाँदे गाउपालिका ६ बस्ने बर्ष ३३ को हरी बहादुर शाहीले जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका ८ खजुरा स्थित महेश आचार्यको घरमा सटर भाडा लिई बिहानी हेयर कटिङ सेन्टरमा संचानमा ल्याएकोमा उक्त हेयर कटिङ सेन्टरमा एक्कासी आगलागी भएको भन्ने खबर प्राप्त हुन साथ उक्त स्थानमा १० जनाको प्रहरी टोली, बीरेन्द्रनगर नगरपालिका कार्यालयको दमकल, स्थानियको सहयोगमा आगो २३:१५ बजेको समयमा नियन्त्रणमा आएको र मानबिय क्षेति नभएको हेयर कटिङ भित्र रहेको सम्पुर्ण सामान जलि नष्ट भएको र  रु १०,००,०००/-(अक्षेरुपि दश लाख मात्र) बराबरको क्षेति भएको भन्ने बुझिएको छ । 

जंगली जनावर भालुको पित्त बरामद ।
२०७९-१०-१७

२०७९।१०।१७ गते १०:५० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका ६ मंगलगढी चोकमा जिल्ला जुम्ला तिला गाउपालिका ५ बस्ने बर्ष ३६ को मान बहादुर शाहीले कस्तुरीको पित्त भनि बजारमा १ लाल को रु १००/- का दरले बिक्री गरिरहेको अबस्थामा फेला पारी निजलाई पक्राउ पारी  तालुक प्रदेश प्रहरी कार्यालय सुर्खेत बाट सादा पोशाकमा खटिएका ४ जनाको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको, निजको साथबाट एउटा डल्लो ४८.५९ मिलिग्राम कस्तुरीको पित्त नाम उल्लेख गरेको भालुको पित्त भनि जानकारी गराएको, तौल गर्ने डिजिटल तराजु थान १, टच मोबाईल थान १, नगद रु ४६५/- (अक्षेरुपी चार सय पैसठ्ठि मात्र) बरामद गरीएको छ । 

लागू औषध सहित मानिस प्रकाउ ।
२०७९-१०-१५

जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन स्थित हिरा बैगारको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीहरुले उक्त स्थानमा खटिगई ऐ.ऐ. माईती घरमा आएकी बर्ष २८ की मालती बैगारले प्रहरीलाई देख्नासाथ लागू औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ पुडिया झ्यालबाट बाहिर फालेको भेटिएपछि घरमा खानतलासी गर्दा निजको भाई बर्ष २५ को अर्जुन बैगार सुत्ने कोठामा १ पुडिया, सोही कोठाको दराजमा नगद रु. ८४१००/- ( अक्षेरुपी चौरासी हजार एक सय मात्र ) र २ बटा टच मोबाईल, नापतौल नगरेको ७ पुडिया लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरी सामान सहित ऐ.ऐ. बस्ने बर्ष २८ की मालती बैगारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा सुर्खेतमा ल्याई अनुसन्धान भईरहेको ।

फरार प्रतिबादी पक्राउ ।
२०७९-१०-१५

मिति २०७९/१०/१५ गते अंन्दाजी ०७:०० बजेको समयमा जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. ९ बस्ने बर्ष ७१ को कालि बहादुर महतारा भएको जबरजस्ती करणी मुद्दामा उच्च अदालत सुर्खेतबाट मिति २०७९/०४/३० गते निज प्रतिबादी काली बहादुर महतारालाई ९ बर्ष कैद र रु.५०,००० (पचास हजार) जरीबाना हुने सजाय भएको र निज प्रतिबादी मिति २०७७/०६/१४ गतेदेखी मिति २०७८/०३/२७ गते सम्म न्यायीक हिरासत बसेको र बाँकी कैद ८ बर्ष २ महिना १७ दिन र ५०,००० (पचास हजार) जरीवाना बाँकी रही निजको नाममा लगत रहेको र निजको कैद तथा जरीवाना बेरुजु गरी फरार रहेको र निज प्रतिवादी लुकिछिपि आफ्नै घरमा बसेको अवस्थामा प्रहरी चौकी सक्ला बाट  ५ जनाको टोलिले पक्राउ गरी   निज प्रतिवादिलाई जिल्ला प्रहरी कार्याल जाजरकोटमा ल्याई सम्मानित जिल्ला अदालतमा पेश गरीएको छ । 

मृत अवस्थामा लाश फेला ।
२०७९-१०-१४

 मिति २०७९।१०।१४ गते अं. ०८:१० बजेको समयमा जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका १४ सालडाँडा बस्ने बर्ष ७१ को देबराज भट्टराई मिति २०७९।१०।१३ गते दिउसो घर बाट कोही कसैलाई नसोधी निस्किएकोमा खोजतलास गर्दै जाँदा आज बिहान ०७:३० बजेको समयमा आफ्नै घर देखि अं. २००/२५० मिटर दक्षिण तर्फको दुरीमा मृत अबस्थामा छ भनि स्थानियले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जानकारी गराए पश्चात उक्त स्थानमा तत्काल घटनास्थल सुरुक्षाको लागि टोली खटिगई घटनास्थलको प्रारम्भिक कार्य पुरा गरी लाश पोष्टमार्टम पश्वात मृतकको भतिजोले विष्णु भट्टराईले बुझि गगिएको ।

रासायनिक मल सहित जिप नियन्त्रणमा
२०७९-१०-१३

मिति २०७९।१०।१२ गतेको अंदाजी २२:४५ बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका-१,श्रीनगर स्थित रुकुम चोक चेकपोष्टमा चालक जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-१० बस्ने अतिराम ओलीले चलाई ल्याएको भे.१ च.३८३८ नं पिकअप जिपमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका ११ रामघाटमा रहेको भेरी पशु तथा कृषी उत्पादन सहकारी संस्था र ऐ.जहरे स्थित रहेको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था बाट डि.ए.पि.मल-१५बोरा,पोटास मल-९ बोरा,युरीया मल-४ बोरा गरी जम्मा २८ बोरा रासायनिक मल जिल्ला सल्यान बागचौर नगरपालिका ११ बाफुखोला बस्ने लाल बहादुर खड्काले मगाई लादै गरेको अबस्थामा फेला पारी सोधपुछ गर्दा कुनै बिल नभएकोले अनुसन्धानको लागी चालक,मल सहित जिपलाई नियन्त्रणमा लिई उक्त स्थानमा ईलाका प्रहरी कार्यालय सितलपाटी सल्यान बाट  ३ जनाको प्रहरी  टोली खटिएको छ  । 

कार र मोटरसाईकल एक आपसमा ठोकिदा २ जना घाईते
२०७९-१०-१०

जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका-५ बबई स्थित रत्न राजमार्गमा सुर्खेतबाट कोहलपुर तर्फ जाँदै गरेको बा. २१ च. ३७१० नं. को कार र विपरित दिशाबाट आउँदै गरेको जिल्ला जाजरकोट छेडागाड नगरपालिका-१ का वडा अध्यक्ष बर्ष ३९ को राम बहादुर बुढाले चलाई ल्याएको सरकारी नम्बर प्लेटको क.प्र. ०२००१ ब. ०३१६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालकको दाहिने खुट्टामा चोट अबस्था बोल्न सक्ने उपचारको लागी नेपालगञ्ज तर्फ पठाईएको, उक्त स्थानमा प्रहरी टोली खटिएको दुबै सवारी साधन र कार चालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ बस्ने बर्ष ३७ को चक्र प्रसाद पाण्डे नियन्त्रणमा लिईएको डेकेन्द्र दाहाललाई उपचारको लागी ग १ च ३३१८ न.को ब्लेरो गाडिमा नेपालगंज तर्फ लगी गएको ।

डबल क्याप हाईलेक्स गाडी दुर्घटना ४ जनाको उपचारको क्रममा मृत्यु ।
२०७९-१०-०८

मिति २०७९।१०।०८ गते अं.०२:३० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वदा नं. ११ झुप्राखोला स्थित रत्न राजमार्गमा छिन्चु देखी सुर्खेत तर्फ आउँदै गरेको बा.प्र.०१०२६च.९२१३ नं.को सुजुकी कम्पनीको डबल क्याप हाईलेक्स गाडी आफै अनियन्त्रित भई सडक देखी अं.७०/८० मिटर तल खस्न जाँदा उक्त गाडीमा सवार चालक सहित ५जना ब्यक्तिहरु घाईते भई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा ४ जनाको मृत्यु  भएको ।मृत्युहुनेहरु  1=  चालक जि.सुर्खेत वी.न.पा. ७ बस्ने बर्ष २७ को सागर शाही को शरीरको बिभिन्न भागमा भित्री चोट अबस्था सिरियस कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचारको क्रममा  ऐ.०४:०० बजे मृत्यु भएको । 2=  जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३१ को बबिन शाहीको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भऐको । 3=  जिल्ल दैलेख डुङगेश्वर गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३३ को दिपेन्द्र जङ्ग शाहीको टाउको, शरीरको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भऐको । 4= जिल्ला दैलेख गुराँस गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३६ को राजेन्द्र बि.सी.को टाउको, शरीरको बिभिन्न भागमा चोट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लिई ऐ.०५:०० बजे मृत्यु भएको ।घाईते:- 1= जिल्ला दैलेख भैरवी गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २५/२६ को बिरेन्द्र राज शाही को छाति र बाँया हातमा चोट अबस्था मध्यम कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको । 

ठुलो परिणाममा मल बरामद।
२०७९-१०-०५

मिति २०७९।१०।०५ गते अं. १३:३० बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.  ११ पानीखोला बस्ने शेर बहादुर खड्का र ऐ. बस्ने दिनेश ओलीले जिल्ला दाङ तुलसिपुर उपमहानगर पालिका वडा नं. ८ बस्ने बर्ष ३६ को दल बहादुर कुवरले चालई ल्याएको रा.१ क.१३६३ नंम्बरको मिनि ट्रकमा कृषि सामाग्री कम्पनी लिमिटेड तुलसिपुर दाङ शाखा बाट डि.ए.पि. पोटास ३० बोरा , युरिया ७९ बोरा र पोटास ५० बोरा ल्याई शेर बहादुर खड्काको घरमा गोदाम गरी राखी बेच्न लागेको भन्ने सुचनाको आधारमा प्रहरी टोली र खटि गई बरामदी मुचुल्का कार्य गरि उक्त रासायनिक मल , ट्रक र दिनेश ओली लाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागी इलाका प्रहरी थारमारे सल्यानमा ल्याई आवश्यक अनुसन्धान भईरहेको । 

करेन्ट लागि २ जना घाईते ।
२०७९-१०-०३

प्रहरी चौकी जुफाल डोल्पा मिति २०७९।१०।०३ गते अ.१४:३० बजेको बजेको समयमा जिल्ला डोल्पा ठुलिभेरी नगरपालिका वडा नं. ०९ बस्ने डांगिवाडा बस्ने तुलाराम डांगीको छोरा बर्ष १८ को गोकर्ण डांगी र ऐ.ऐ. बस्ने लालिमान डांगीको छोरी बर्ष २१ की रुपा डांगी आफ्नै घर देखी अ.५०/६० मिटर दक्षिण तर्फ सिमा भन्ने स्थानमा दुबैले (दाया/बाया) हात समातेर गईरहेको अवस्थामा निज गोकर्ण डांगीले दाहिने हातले उफ्रीएर आफु भन्दा माथी रहेको लत्रिएको बिजुलिको नाङ्गो तार छुदा करेन्ट लागि दुबै जना घाईते भएका, घाईते दुबै जनाको अवस्था मध्यम रहेको बोल्न सक्ने उपचारका लागि क.प्र.०२-००१ झ ०१७० नम्बरको एम्बुलेन्समा जिल्ला अस्पताल दुनै डोल्पामा उपचार भईरहेको ।  

मिनि ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा २ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते १६:०० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका २ कुवाखोला स्थित कर्णाली राजमार्गमा कालिकोटबाट सुर्खेत तर्फ जादै गरेको भे.६प.५४८८ नम्बरको मोटरसाईकललाई सोही दिशा बाट आउदै गरेको क.प्र.०२००१ ख.०२४४ नम्बरको मिनि ट्रकले ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला कालिकोट पंचलाझरना गाउँपालिका वडा नं. ८ बस्ने बर्ष अ.३० को कुशल शाहीको देब्रे खुट्टामा चोट र ऐ.ऐ.बस्ने मोटरसाईकल पछाडी सवार बर्ष अ.३५ को अम्मर शाहीको देब्रे खुट्टामा चोट लागि घाईते भई दुबै घाईतेलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको मिनि ट्रक, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा ।

अटो रिक्सा र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा १ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते अं २०:३० बजेको समयमा जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ९ पातिहाल्ने नजिक भित्री सडक खण्डमा गुर्भाकोट नगरपालिका वडा नं. ९ बोटेचौर बाट गुर्भाकोट नगरपालिका वडा नं. ५ पोख्रे तर्फ जाँदै गरेको क.प्र.०२ ०० १ प ५४३९ नं. को मोटरसाईकल र बिपरीत दिशा बाट आउदै गरेको क.प्र.२००१ ह ०३३६ नं. को अटो एक आपसमा ठक्कर खाँदा अटोमा सवार जिल्ला सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं. ५ बस्ने बर्ष ६३ की डम्मर कुमारी वलीको वाँया खुट्टामा चोट मेहेलकुना अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोलि खटि गएको मोटरसाईकल प्रहरीको नियन्त्रणमा अटो घटनास्थलमा नै रहेको ।

जीप दुर्घटना हुँदा १ जना घटनास्थलमा नै मृत्यु १५ जना घाईते ।
२०७९-१०-०२

मिति २०७९।१०।०२ गते १६:०० बजेको जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. ६ कोट भिर भन्ने स्थानमा सदरमुकाम देखि ऐ.४ लाछी बजार तर्फ जादै गरेको ग १ ज ४०३५ नं. जिप ब्याक गर्ने क्रममा सडक बाट अं. ५० मिटर तल तिला नदीको किनारमा खस्न गई  दुर्घटना हुँदा उक्त जिपमा सवार मानिसहरु घाईते भई उपचारको लागि एम्बुलेसनद्धारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको । प्रहरी टोली खटि गएको ऐ. पातारासी गाउपालिका वडा नं. १ खालढिक वस्ने वर्ष अं. ४२ कि छोदेन लामाको घटनास्थमा नै मृत्यु भएको । घट्ना स्थलको कार्य पुरागरी लास पोष्टमार्टमको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याई राखिएको । उक्त जिपमा सवार घाईतेको नामावली विवरण :- 1=   जिल्ला जुम्ला पातारासी गाउपालिका वडा नं. १ बस्ने बर्ष ७७ को कार्मा लामा टाउँकोमा चोट सिरियस । 2=   ऐ.ऐ.बस्ने बर्ष १८ सोनाम लामा सामान्य ।3=   ऐ.ऐ.बस्ने बर्ष ८ कि पेमाटोमा लामा टाउँकोमा चोट अवस्था सिरियस । 4=  ऐ.ऐ.बस्ने बर्ष बर्ष २३ को मिनासाङ्वो लामा सामान्य। 5=   ऐ.ऐ.बस्ने बर्ष २४ को पाल्जोक लामा सामान्य । 6=   ऐ.ऐ.बस्ने बर्ष २८ को छिरिङ प्रतिक लामा सरिर कोतरियको सामान्य । 7=   ऐ.ऐ.बस्ने बर्ष १८ को कुसाङ छिरिङ लामा सामान्य ।8=  ऐ.ऐ.बस्ने बर्ष २८ को घिसिङ आङरास लामा सामान्य । 9=   ऐ.ऐ.बस्ने बर्ष २७ कि छिरिङ पुटिङ लामा सामान्य । 10= ऐ.ऐ.बस्ने नर्ष ४३ को टोजिङ लामा सामान्य । 11=  ऐ.ऐ.बस्ने बर्ष २८ को उर्गेन लामा सामान्य ।12=  ऐ.ऐ.बस्ने बर्ष १९ पेमा कासाङ तामाङ सामान्य । 13=  ऐ.ऐ.बस्ने बर्ष १३ को उर्गेन लामा सामान्य । 14= ऐ.ऐ.बस्ने बर्ष १२ को रिजन लामा सामान्य । 15=  ऐ.ऐ.बस्ने बर्ष ६३ कि मेनजाम लामा सामान्य । 16=  ऐ.तिला गाउपालिका वडा नं. ४ वस्ने वर्ष २३/२४ को लोकेन्द्र चौलागाई (चालक फरार)

बलेरो जीप अनियन्त्रित भई पल्टिन जाँदा चालक घाईते ।
२०७९-१०-०१

मिति २०७९।१०।०१ गते अं. ०५:३० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ५ स्थित हर्रे देखी अं. ३ कि.मि. बबई तर्फ रत्न राजमार्गमा नेपालगञ्ज देखी छिन्चु तर्फ तरकारी ( टमाटर,प्याज, आलु ) बोकी आउँदै गरेको भे.१ च. ३२०९ नं. को सिङ्गल क्याप बोलेरो जीप आफै अनियन्त्रीत भई रोड बाट अं. ५/६ मिटर वाँया साईड बाट तल खस्न गएको छ भनी ऐ. ०६:०० बजे यस पोष्टमा जानकारी हुनसाथ उक्त प्रहरी टोली खटि गई हेर्दा जीप चालक ( साहु) जिल्ला सुर्खेत गुर्भाकोट न.पा. ९ बस्ने बर्ष अं. २७/२८ को हेमराज खड्काको दुबै खुट्टमा चोट अबस्था बोल्न सक्ने घाईतेलाई उपचारको लागी कोहलपुर मेडिकल कलेज तर्फ पठाईएको, उक्त जीपको सहचालक ऐ.ऐ. ९ बस्ने बर्ष २५/२६ को महेन्द्र खड्का सकुशल  रहेको ।

मोटरसाकलबाट खस्न गई १ जना गम्भिर घाईते ।
२०७९-१०-०१

मिति २०७९/०९/३० गते १८:०० बजेको समयमा जिल्ला जुम्ला चन्दनाथ न.पा. ३ राजिकोट स्थित पातारासी बाट सदरमुकाम  तर्फ आउदै गरेको जिल्ला दैलेख नौमुले गाउँपालिका वडा नं. ५ घर भई हाल नेपाली सेनाको २४ न. बाहिनि जुम्लामा कार्यरत प्युठ जंग बहादुर सुनारले चलाएको क १ प १९४५ न. को मोटरसाईकलको पछाडि सवार जिल्ला जुम्ला चन्दनाथ नगरपालिका वडा नं. १ आचार्यबाडा घर भई ऐ. बाहिनिमा कार्यरत प्युठ रामसिंह सार्की मोटरसाईकलमाबाट खस्न जाँदा घाईते भई उपचारको लागी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भईरहेको, मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको । 

अधिक लोड >>
कम देखाउनुहोस् <<